Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • रवि लामिछानेलाई कारागार लगियो

    रवि लामिछानेलाई कारागार लगियो

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 378
    SHARES

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार लगिएको छ । आज प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार गरेको हो ।

    जिल्ला अदालतमा पेस गरेर थुनुवा पूर्जी दिएपछि लामिछानेको जिल्ला कारागारमा स्वास्थ परीक्षण गरिँदै छ । स्वास्थ परीक्षण सकिएपछि उनलाई कारगार भित्र राखिने बताइएको छ ।



    शुक्रबार राति काठमाडौंमा पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो ।

    बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

    यसअघि एक करोड रुपैयाँ धरौटीमा छाड्ने जिल्ला अदालत रूपन्देहीको आदेशलाई उच्च अदालतले बदर गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार