Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • मोटरसाइकलबाट लडेर महिलाको मृत्यु, चालक फरार

    मोटरसाइकलबाट लडेर महिलाको मृत्यु, चालक फरार

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०८२
  • 339
    SHARES

    काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा मोटरसाइलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    युपि जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीय राजवन्ती मल्लाहको मृत्यु भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

    उपचारको क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

    मोटरसाइकल चालक भने फरार छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार