Online Nepal
  • मंगलबार, ३० बैशाख २०८२
  • दोहोरो दबाबमा देउवा : कांग्रेस–एमाले सम्बन्ध धर्मराउँदै

    दोहोरो दबाबमा देउवा : कांग्रेस–एमाले सम्बन्ध धर्मराउँदै

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०८२
  • 765
    SHARES

    काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्ध धर्मराउँदै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चिसिँदै गएको सम्बन्धको दूरी थप बढिरहेको छ ।

    अन्तर्राष्ट्रिय र पार्टीभित्रकै नेताहरूका कारण कांग्रेस सभापति देउवा दोहोरो दबाबमा परेका छन् । अन्तर्राष्ट्रिय शक्तिको निरन्तरको दबाब र पार्टीभित्रैका नेताहरूले सरकारको लगातार आलोचना गर्न थालेपछि देउवा दोहोरो दबाबमा परेका हुन् ।



    कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, एनपी साउदसहितका नेताहरूले ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर निरन्तर विरोध गरिरहेका छन् । तर, सभापति देउवाले उनीहरूलाई रोक्ने अवस्था छैन ।

    हालै बसेको पदाधिकारी बैठकमा देउवाले सार्वजनिक रूपमा सरकारको आलोचना नगर्न निर्देशन नै दिनुप¥यो । तर, नेताहरू चुप लागेर बस्ने अवस्था छैन । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार