Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्कियो, एक जनाको मृत्यु

    पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्कियो, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०८२
  • 321
    SHARES

    काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा टिपरसँग बोलेरो ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार शुक्रबार राति काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर दिएको थियो ।



    दुर्घटनामा परेर बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका–१ बस्ने ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार