Online Nepal
  • मंगलबार, ३० बैशाख २०८२
  • आज काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

    आज काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०८२
  • 285
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।

    राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले प्रदर्शन गर्न लागेको हो ।



    गत साता सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

    गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायत पक्राउ परेका थिए ।

    यसैबीच, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार