लमजुङ । ललमजुङमा बाटो खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको छ।
लमजुङको बेशीसहर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक जेसिबीले बाटो खन्ने क्रममा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको हो।
शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरेको थियो ।
युनिटले उक्त शंकास्पद वस्तु निष्क्रिय गरेको सेनाले जनाएको छ ।
Leave a Reply