Online Nepal
  • मंगलबार, ३० बैशाख २०८२
  • पदपूर्तिमा अन्योल, नयाँ पदाधिकारी आउन कठिन

    पदपूर्तिमा अन्योल, नयाँ पदाधिकारी आउन कठिन

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०८२
  • 243
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले समयमा नै पदपूर्ति प्रक्रिया शुरू गर्न नसक्दा निर्वाचन आयोगलगायतका महत्वपूर्ण ६ सवैधानिक आयोगहरू प्रमुखविहीन बन्न पुगेका छन् ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया गत शुक्रवारदेखि आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी अवकाशमा गएपछि निर्वाचन गराउने र निर्वाचनको आवश्यक तयारी गर्ने प्रमुख भूमिकामा रहेको निर्वाचन आयोग प्रमुखविहीन हुन पुगेको हो । जसका कारण आयोगको कामकारबाही नै प्रभावित हुने देखिएको छ ।



    आयोगमा एक सदस्य पद महिनौंदेखि रिक्त रहँदै आएको छ । निर्वाचन आयोगका अतिरिक्त अन्य ५ वटा संवैधानिक आयोगका अध्यक्ष पनि अवकाशमा गएपछि ती आयोगहरू पनि नेतृत्वविहीन अवस्थामा छन् ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, थारू आयोगका अध्यक्ष विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी ६ वर्षे कार्यकाल पूरा गरी गत २०८१ साल चैत्र ७ गतेदेखि नै अवकाशमा गएपछि ती सबै आयोगहरू प्रमुखविहीन हुँदै आएका छन् । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार