बुटवल । प्रेम प्रस्ताव अस्वीकार गर्दा बुटवलमा शनिबार बिहानै एक युवतीमाथि गोली प्रहार भएको खुलेको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा सामान्य खाजा घर सञ्चालन गर्दै आइरहेकी टीका विष्ट क्षेत्रीलाई सितारे आलम भन्ने युवकले गोली प्रहार गरेका हुन् ।
विष्ट र ती भारतीय केही समयअघिदेखि प्रेम सम्बन्धमा रहेका खुलेको छ । आफूसँग बिहे नगरे विभिन्न धम्की दिँदै विष्टलाई हतियारको पनि तस्बिर पठाउने गरेका थिए ।
अन्सारी २३–२४ वर्षका र विष्ट २९ वर्षका हुन् । प्रहरीले भारतीय आमलको ठेगाना अझै स्पष्ट नभएको बताएको छ । इलाका प्रहरी कार्यालय बुटवल डीएसपी इन्द्र बहादुर रानाले आलमले विष्टलाई बिहे नगरे जे पनि गर्ने भन्दै धम्काएका अनुसन्धानबाट खुलेको बताएका छन् ।
गोली प्रहारबाट ती युवा भारततर्फ भाग्न सक्ने भएकाले सीमानाकामा कडा निगरानी राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यता गोली प्रहारबाट गम्भीर घाइते भएकी टीका विष्टको रुपन्देहीमा उपचार नभएपछि चितवन पठाइएको छ ।
गोली लागेकी युवती बोल्न सक्ने अवस्थामा रहेकी र स्वास्थ्य स्थिति खतरामुक्त रहेको छ । साथै उनको अप्रेशन गर्ने तयारी भइरहेको बताइएको छ ।
Leave a Reply