Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • प्रधानमन्त्री कार्यालयले भन्यो – ओलीलाई पदमुक्त गराउन भूमि अध्यादेशविरुद्ध मुद्दा हालियो

    प्रधानमन्त्री कार्यालयले भन्यो – ओलीलाई पदमुक्त गराउन भूमि अध्यादेशविरुद्ध मुद्दा हालियो

    अनलाइन नेपाल
  • सोमबार, ४ चैत्र २०८१
  • 711
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कार्यालयले केपी शर्मा ओलीलाई पदमुक्त गराउने मनसायले भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दा हालिएको दाबी गरेको छ ।

    भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारीगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त दाबी गर्दै जवाफ पठाएको हो ।



    संसद अधिवेशन नरहेका बेला सरकारले गत माघ २ गते भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

    यससम्बन्धमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले सर्वोच्च अदालतमा लिखित कारण पेस गरेका छन्।

    जसमा ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गराउने मनसायले भूमि अध्यादेशविरुद्ध मुद्दा हालिएको दाबी गरिएको छ ।

    विपक्षीको निवेदन अदालतलाई राजनीतिक विवादमा समाहित गर्ने भावनाबाट प्रेरित रहेको दाबी लिखित जवाफमा छ ।

    अदालतबाट न्यायनिरुपण योग्य नभएको विषयमा आदेश माग गरेबाट निवेदकको बदनियत पुष्टि हुने प्रधानमन्त्री कार्यालयले लेखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार