Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • माओवादीभित्र गुटवाद र व्यक्तिवादको समस्या छ : नारायणकाजी श्रेष्ठ

    माओवादीभित्र गुटवाद र व्यक्तिवादको समस्या छ : नारायणकाजी श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, २ फाल्गुन २०८१
  • 243
    SHARES

    चितवन । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवाद रहेको बताएका छन् ।

    चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् ।



    उनले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्ने बताए। अहिले नै पार्टीभित्रको समस्या पुरै हल भइनसकेको उनको भनाई छ।

    उनले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुराइ छाड्ने उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार