Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगारीमा बढ्दै दक्ष श्रमिक

वैदेशिक रोजगारीमा बढ्दै दक्ष श्रमिक

आइतवार , भाद्र २, २०८१

काठमाडौँ । वैदेशिक रोजगारीमा दक्ष भएर जाने श्रमिकको सङ्ख्या क्रमशः बढेको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या क्रमशः बढेको देखिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा ४६ प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएकोमा गत आवमा बढेर ७२ प्रतिशत नेपाली श्रमिक दक्ष भएर विदेश गएका छन् ।

पछिल्ला वर्षमा शिक्षित र तालिम लिएका युवा विदेश जाँदा पनि सिप परीक्षण गरेर जाने प्रवृत्तिको विकास भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारमा जाने छ लाख ३० हजार ६८ जनामध्ये दुई लाख ९१ हजार ८८९ जना ९४६ प्रतिशत० दक्ष भएर विदेश गएका थिए ।

आव २०७९/८० मा सात लाख ७१ हजार २५३ जना विदेश गएकोमा पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) दक्ष भएर विदेश गएको तथ्याङ्क छ ।

यस्तै गत आव २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना वैदेशिक रोजगारीमा गएकोमा पाँच लाख ३२ हजार १२३ जना (७२ प्रतिशत) दक्ष भएर गए ।

पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा पनि दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या २५ प्रतिशतले बढेको देखिन्छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077