Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बजेट विवादले सुदूरपश्चिम प्रदेशसभा बैठक ९ बजेसम्म सर्‍यो, कांग्रेस–एमालेबीच सहमतिको प्रयास जारी

बजेट विवादले सुदूरपश्चिम प्रदेशसभा बैठक ९ बजेसम्म सर्‍यो, कांग्रेस–एमालेबीच सहमतिको प्रयास जारी

सोमवार , आषाढ १, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न बोलाइएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गर्दै राति ९ बजेका लागि सारेको छ ।

सत्ता साझेदार दलहरूबीच बजेटका विषयमा देखिएको असहमतिका कारण बैठकको समय परिवर्तन गरिएको हो ।

यसअघि सोमबार अपराह्न ५ बजे बस्ने तय भएको प्रदेशसभा बैठक विशेष कारणवश स्थगित गरिएको भन्दै प्रदेशसभा सचिवालयले नयाँ समय निर्धारण गरेको बताइएको छ ।

सचिवालयद्वारा जारी सूचनामा राति ९ बजे बस्ने बैठकमा उपस्थित हुन सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई अनुरोध गरिएको छ।

स्रोतका अनुसार बजेटको आकार, मन्त्रालयगत विनियोजन तथा योजनाहरूको प्राथमिकतालाई लिएर सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच मतभेद उत्पन्न भएपछि बजेट प्रस्तुत गर्ने प्रक्रिया प्रभावित भएको हो।

दलहरूबीच सहमति जुट्न नसक्दा बजेट अनुमोदनका लागि आवश्यक मन्त्रिपरिषद् बैठकसमेत समयमै बस्न सकेको छैन।

विशेषगरी एमालेबाट सरकारमा सहभागी रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले आफ्नो मन्त्रालयका लागि तय गरिएको बजेट सिलिङप्रति असन्तुष्टि जनाएका छन् ।

मन्त्रालयले प्रस्ताव गरेका प्राथमिक योजनाहरूका लागि पर्याप्त बजेट विनियोजन नभएको उनको गुनासो रहेको छ । 
यस्तै, अन्य केही मन्त्रीहरूले पनि आफूहरूले सिफारिस गरेका योजनाहरू बजेटमा समावेश नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

त्यसपछि बजेट दस्तावेजमा आवश्यक परिमार्जन गरी दलहरूबीच सहमति कायम गर्ने प्रयास भइरहेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077