Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

विपक्षीलाई जवाफ दिँदै सरकारले भन्यो- अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न कुनै समिति बन्दैन

विपक्षीलाई जवाफ दिँदै सरकारले भन्यो- अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न कुनै समिति बन्दैन

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं। सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि छानबिन गर्नका लागि कुनै समिति नबन्ने स्पष्ट पारेका छन्।

आजको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका पोखरेलले यस्तो भनेका हुन् ।

प्रवक्ता पोखरेलले भने-'अर्थमन्त्रीज्यूले सदन र समितिमा यसबारे प्रष्ट पारिसक्नुभएको छ। हाललाई योभन्दा बाहेक थप केही गर्नुपर्ने आवश्यकता सरकारले महसुस गरेको छैन ।'

बजेटमा थपघट र करका दरमा हेरफेर गरिएको विषयमा विपक्षीले संसदीय छानबिन समितिको माग गर्दै आइरहेका छन् । तर, सरकारका प्रवक्ता समेत रहेका पोखरेलले अहिले कुनै समिति आवश्यक भएको आफूहरूले महसुस नगरेको बताए ।

यद्यपी यस विषयमा आवश्यक परेको खण्डमा विगतमा जस्तै प्रधानमन्त्री र मन्त्रिपरिषद्ले उचित कदम चाल्ने उनको भनाइ थियो। 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077