काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी पसेको विषयमा आवश्यक कदम चाल्ने बताएका छन्।
आज मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताएका हुन्।
उनले भने- 'सुस्तामा नागरिकले भूमिलाई रक्षा गरेर बस्नु भएको छ । उहाँहरूलाई नमन गर्नुपर्छ। उक्त क्षेत्रमा भारतीय सुरक्षाकर्मी पसेको विषयमा भने परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने छ ।'
पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा केही भारतीय सुरक्षाकर्मी गस्ती सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर आएको थियो ।
सुरक्षाकर्मी पसेपछि सीमा पार गरेर नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार थिए।
स्थानीयको प्रतिकारपछि दुवै पक्षबीच केही समय विवाद समेत भएको थियो ।
सोही विषयलाई लिएर आजको संसद् बैठकमा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पनि रक्षामन्त्री खोजेका थिए।