Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान, जाँदा जाँदै भने- देशको प्राथमिकताका विषयमा छलफल हुन्छ

परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान, जाँदा जाँदै भने- देशको प्राथमिकताका विषयमा छलफल हुन्छ

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्।

समकक्षी डा. एस. जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली प्रस्थान गरेका हुन्। 

जादा जाँदै उनले भ्रमणमा अहिले उठेका देशको प्राथमिकताका विषयमा छलफल हुने बताएका छन्।

खनाल तीन दिन भारत भ्रमणमा रहनेछन् । भारत भ्रमणमा रहँदा खनाल द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् । 

मन्त्री खनालले भारतको राजधानी नयाँ दिल्लीमा समकक्षी डा। जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयाम र साझा हितका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

मन्त्रालयका अनुसार वार्तामा विशेषगरी व्यापार, लगानी, ऊर्जा, पूर्वाधार तथा कनेक्टिभिटी विस्तार, साथै दुई देशका जनताबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयहरू प्राथमिकतामा रहनेछन्। क्षेत्रीय तथा पारस्परिक हितका समसामयिक विषयमा समेत विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार, सीमापार पूर्वाधार विकास, रेल तथा सडक सञ्जाल विस्तारलगायतका क्षेत्रमा सहकार्य बढ्दै गएको सन्दर्भमा यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। 

यसैबीच उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

औपचारिक कार्यक्रमहरू सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौं फर्कने कार्यतालिका रहेको छ।

यता सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किंदै छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077