काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसंग युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरुले छलफल गरेका छन् ।
औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेको उक्त टोलीले भ्रमण कार्यक्रमअन्तर्गत मंगलबार प्रधानमन्त्री शाहसंग सामूहिक छलफल गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सामूहिक छलफल नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा केन्द्रित रहेको छ।
छलफलमा प्रधानमन्त्रीसहित अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका कूटनीतिक प्रतिनिधिहरू सहभागी छन्।
प्रधानमन्त्री शाहलेयसअघि चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए।