Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले सरकारविरुद्ध ‘भण्डाफोर अभियान’ चलाउने, सदन र सडकमा विरोध गर्ने घोषणा

एमालेले सरकारविरुद्ध ‘भण्डाफोर अभियान’ चलाउने, सदन र सडकमा विरोध गर्ने घोषणा

आइतवार , जेठ १०, २०८३

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारविरुद्ध सदन र सडक दुवै मोर्चामा ‘भण्डाफोर अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

आइतबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको लामो सचिवालय बैठकले आवश्यकता अनुसार सरकारका कदमविरुद्ध संगठित विरोध अभियान अघि बढाउने निष्कर्ष निकालेको हो । बैठक करिब ९ घण्टा चलेको थियो ।

बैठकपछि उपमहासचिव लेखराज भट्ट ले निर्णय सार्वजनिक गर्दै सरकार लोकतान्त्रिक बाटोबाट विचलित हुँदै स्वेच्छाचारी र अधिनायकवादी शैलीतर्फ अघि बढिरहेको निष्कर्ष पार्टीले निकालेको बताए।

उनका अनुसार एमालेले संसद बैठक स्थगित गरी अध्यादेशमार्फत शासन सञ्चालन गरिएको, सुकुमवासीको अव्यवस्थित विस्थापन गरिएको, सीमामा कडाइका नाममा अव्यावहारिक निर्णय गरिएको तथा संवैधानिक नियुक्ति प्रक्रियामा वरीयता मिचिएको जस्ता विषयलाई गम्भीर रूपमा लिएको छ।

त्यस्तै, प्रधानमन्त्रीले राष्ट्रपतिको मर्यादामा आँच पुर्‍याएको भन्दै संसदीय अभ्यास र लोकतान्त्रिक मूल्यको उल्लंघन भएको एमालेको आरोप छ।

बैठकले महँगी नियन्त्रणमा सरकार असफल भएको, दलित तथा महिलामाथि हिंसा बढ्दासमेत राज्य मौन रहेको र उद्योगी–व्यवसायीलाई हतोत्साहित गर्ने नीति अपनाइएको निष्कर्षसमेत निकालेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077