Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले गर्‍यो निर्वाचन समीक्षा र पुनर्गठनका लागि बादल नेतृत्वमा कार्यदल गठन

एमालेले गर्‍यो निर्वाचन समीक्षा र पुनर्गठनका लागि बादल नेतृत्वमा कार्यदल गठन

आइतवार , जेठ १०, २०८३

काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनका लागि विशेष कार्यदल गठन गरेको छ ।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकले कार्यदललाई एक महिनाभित्र विस्तृत प्रतिवेदन पेश गर्न समयसीमा तोकेको छ।

पार्टीका सहमहासचिव लेखराज भट्ट ले कार्यदल गठनको निर्णयबारे जानकारी दिँदै निर्वाचन समीक्षा र संगठनात्मक पुनर्संरचना नै मुख्य उद्देश्य रहेको बताए।

गठित कार्यदलमा विश्वप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, छविराज विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य रहेका छन्।

त्यसैगरी, नौ वटै प्रदेशका इन्चार्जहरूलाई समेत कार्यदलमा सदस्यका रूपमा समेटिने निर्णय भएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077