Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री शाह आजको प्रतिनिधिसभा बैठकमा नजाने, सांसदका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्री शाह आजको प्रतिनिधिसभा बैठकमा नजाने, सांसदका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सहभागी नहुने भएका छन् ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ । 

यसअघि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने उल्लेख गरिएको थियो ।

तर, अंतिम समयमा प्रधानमन्त्री आजको बैठकमा सहभागी नहुने भएका हुन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका तर्फबाट सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

परम्परा अनुसार नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहेको थियो । 

यद्यपी बालेन प्रधानमन्त्री भएपछि अहिलेसम्म संसदमा सम्बोधन सम्म गरेका छैनन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077