काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तोकेको छ ।
बुधबार बिहान काठमाडौँको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले प्रथम महाधिवेशनको मिति तय गरेको हो।
आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने बताइएको छ ।
यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।