Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ ।

मध्याह्न सवा १२ बजेबाट सुरु हुने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । 

प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक वर्ष २०८३–८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  

संसद् सचिवालयका अनुसार बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ ।

rrr

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077