काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
विपक्षी दलहरूले उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले बैठक सुरु हुनासाथ अवरोध गरेका थिए।
बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सोमबार पनि सोही विषयलाई लिएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक स्थगित गरिएको थियो ।