Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बुधवार , जेठ २०, २०८३

काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक मध्याह्न सवा १२ बजे बस्न लागेको हो । बैठकमा राष्ट्रिसभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने छन् । 

बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका प्रस्ताव प्रस्तुत गर्ने छलफल सुरु हुने सम्भावित कार्यसूची छ । 

बैठकमा अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सीमासम्बन्धी अभिव्यक्तिका विषयमा राष्ट्रियसभा बैठक अवरुद्ध हुँदै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077