काठमाडौं। राष्ट्रियसभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
यसअघि सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको सुनाएका थिए ।
तर त्यसपछि पनि बैठक बस्ने माहोल नबनेपछि बैठक स्थगित हो ।