Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका सातजना एसपी एसएसपीमा बढुवा [सूचीसहित]

सशस्त्र प्रहरीका सातजना एसपी एसएसपीमा बढुवा [सूचीसहित]

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सशस्त्र प्रहरी बल नेपालका ७ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री शाहले बिहीबार बढुवा नियुक्तिसम्बन्धी निर्णय गर्दै सशस्त्र प्रहरीका अधिकृतहरूको नयाँ पदोन्नति सूची स्वीकृत गरेका हुन् ।

बढुवा हुने अधिकृतहरूमा दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्ग दहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्की रहेका छन् ।

यसअघि वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले उनीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्रीले अन्तिम निर्णय गरेका हुन्।

यसअघि ६ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने निर्णयसमेत भइसकेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077