काठमाडौं। वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्व डीन समेत रहेका डा। अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् ।
स्वास्थ्य क्षेत्रका अनुभवी विज्ञको संलग्नताले नीति निर्माण तथा सेवा सुधारमा प्राविधिक दृष्टिकोणबाट महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।
नियुक्त डा. अग्रवालले सरकारबाट कुनै प्रकारको पारिश्रमिक वा आर्थिक सुविधा नलिई विज्ञका रूपमा मात्र सेवा प्रदान गर्ने बताइएको छ ।