Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाका मन्त्री–सांसदबीच बजेट तयारीबारे आज सिंहदरबारमा छलफल

रास्वपाका मन्त्री–सांसदबीच बजेट तयारीबारे आज सिंहदरबारमा छलफल

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्री र सांसदबीच आज दिउँसो महत्वपूर्ण छलफल हुने भएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे बस्नेछ ।

छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहनेछ ।

बैठकमा आर्थिक वर्ष २०८३–८४ को बजेट तर्जुमा तथा त्यसको पूर्वतयारीका विषयमा विस्तृत छलफल हुने बताइएको छ।

पार्टी स्रोतका अनुसार बजेटमा प्राथमिकता, नीति समन्वय र विकास परियोजनाहरूको रूपरेखाबारे समेत प्रारम्भिक छलफल गरिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077