Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बास्कोटाले भने - राजनीतिक नियुक्ति लिएको भए खुरुक्क राजीनामा दिनुस्

गोकुल बास्कोटाले भने - राजनीतिक नियुक्ति लिएको भए खुरुक्क राजीनामा दिनुस्

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक नियुक्ति लिएका व्यक्तिहरूले सरकार परिवर्तनसँगै स्वतः राजीनामा दिनुपर्ने बताएका छन् ।

सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्तिमा रहेका व्यक्तिहरूलाई हटाउने तयारी गरिरहेको सन्दर्भमा विभिन्न निकायबाट धमाधम राजीनामा आउन थालेपछि बासकोटाले यस विषयमा टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउनेहरूले पद जोगाउन आन्दोलन, धर्ना वा अदालत धाउने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन्।

'पार्टीहरूको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका व्यक्तिहरूले सरकार फेरिएपछि इफ, बट, धर्ना, जुलुस, आन्दोलन, अदालत धाउने होइन, खुरुक्क त्यो जागिर त्यही दिनबाट छोडेर घर जाने हो,' उनले लेखेका छन्।

उनले नेपाली कांग्रेस, एमाले लगायत दलहरूलाई यस विषयमा अनावश्यक किचलो नगर्न पनि आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077