Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बास्कोटाको टिप्पणी - मुलुक फेरि अर्को राजनीतिक भूकम्पतर्फ उन्मुख

गोकुल बास्कोटाको टिप्पणी - मुलुक फेरि अर्को राजनीतिक भूकम्पतर्फ उन्मुख

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले मुलुक फेरि अर्को “राजनीतिक भूकम्प” तर्फ उन्मुख भइरहेको टिप्पणी गरेका छन् ।

नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत विगतका राजनीतिक घटनाक्रम स्मरण गर्दै सत्ता संघर्ष र दलभित्रको आन्तरिक अस्थिरताले नयाँ राजनीतिक उथलपुथल निम्त्याउने संकेत गरेका हुन् ।

उनले पूर्वप्रधानमन्त्री बीपी कोइराला र केपी शर्मा ओलीले सत्ता गुमाएको प्रसंग उल्लेख गर्दै अहिलेको परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि संकटतर्फ धकेलिन सक्ने दाबी गरे ।

“फेरि एउटा राजनीतिक भूकम्प उन्मुख छ देश । उही कुरा वीपी र केपीका सत्ता गुमे जस्तै भाग तीनले घण्टी पनि जाने जस्तै छ,” बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले राजनीतिक दलहरू आन्तरिक सत्ता सुरक्षामै केन्द्रित हुँदा देश र जनताको मुद्दा ओझेलमा परेको टिप्पणी पनि गरेका छन् । पार्टीभित्रको शक्ति संघर्षकै कारण राजनीतिक दलहरू “दरिद्र चिन्तनको दुष्चक्र” मा फसेको उनको आरोप छ ।

बास्कोटाको भनाइलाई राजनीतिक वृत्तमा राष्ट्रिय स्वतन्त्र पार्टी भित्र बढ्दो आन्तरिक ध्रुवीकरण र शक्ति संघर्षतर्फ संकेतका रूपमा समेत हेरिएको छ ।

उनले २०५९ सालदेखि २०८९ सम्मको राजनीतिक घटनाक्रम स्मरण गर्दै दलहरू बारम्बार उस्तै गल्ती दोहोर्‍याइरहेको टिप्पणी गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077