Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय दलको नेता चयनपछि गगनले भने- सहमतिसँगै परिपक्व निर्णय गर्न समय लाग्यो

संसदीय दलको नेता चयनपछि गगनले भने- सहमतिसँगै परिपक्व निर्णय गर्न समय लाग्यो

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आज औपचारिक रूपमा टुंगिएको छ ।

लामो कसरत र संवादपछि सांसद भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय भएको हो ।

सोमबार संसदीय दलको नेता चयनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेतृत्व चयनमा ढिलाइ भएको विषयमा स्पष्टीकरणपार्टी सभापति गगनकुमार थापाले दिएका छन् । 

स्पष्टीकरण दिँदै थापाले दलको नेता चयनमा परिपक्वको निर्णय गर्न र पार्टीभित्र सहमति जुटाउन समय लागेको बताएका छन् ।

उनले भने- 'यस पटक धेरै जसो सांसदहरूको चाहना सर्वसम्मत नेतृत्व चयन होस् भन्ने थियो । पार्टीभित्र प्रतिष्पर्धा गराउन सजिलो छ, तर सर्वसम्मत गराउन धेरै गाह्रो छ । तपाईंहरूले बाहिर ढिलो भयो भनिरहँदा हामी भित्र निर्णयलाई परिपक्व बनाउँदै थियौँ । यो ढिलाइ अल्छी गरेर वा लाचार भएर भएको होइन । सबै पक्षसँग संवाद र छलफल गर्नुपर्ने भएकाले केही समय लागेको हो ।'

सभापति थापाले आकांक्षीहरुलाई मनाएर सर्वसम्मत निर्णय गरेर पार्टीमा एकता कायम गरेको पनि बताए। 

आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

यसअघि रसुवाबाट निर्वाचित मोहन आचार्य र आङदेम्बेको नाममा सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माबीच कुरा मिलेको थिएन । त्यसैले सहमतिमै दलको नेता चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया स्थगीत गरिएको थियो ।

अन्ततः आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा अघि बढाउने सहमति जुटाएपछि संसदीय दलको बैठकले निर्णयलाई औपचारिकता दिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077