काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।
आज बिहान ११ बजेका लागि बोलाएको बैठक दुई घण्टा ढिलागरी सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिकलगायत विषयमा छलफल गरिने बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा पार्टी सभापति गगनकुमार थापाले नै आङ्देम्बेको नाम प्रस्ताव गर्ने तयारी गरेको जनाइएको छ ।
यसअघि रसुवाबाट निर्वाचित मोहन आचार्य र आङदेम्बेको नाममा सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माबीच कुरा मिलेको थिएन । त्यसैले सहमतिमै दलको नेता चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया स्थगीत गरिएको थियो ।
तर सोमबारको कार्यसम्पादन बैठकअघि कांग्रेसका शीर्ष नेताहरूबीच भएको छलफलमा आङदेम्बेका नाममा सहमति जुटेको हो ।