काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।
कांग्रेसभित्र आन्तरिक समझदारीका आधारमा संसदीय दलको नेता चयन गर्ने रणनीति बनाइएको छ ।
कार्यसम्पादन समिति बैठक सकिएलगत्तै सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ।
सोही बैठकबाट संसदीय दलको नेताको औपचारिक घोषणा हुने सम्भावना रहेको छ।