Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब ५ वर्ष डोजर र लाठी मात्रै देखिन्छ, सरकारसँग अरु केही छैन भिजन : हर्क साम्पाङ

अब ५ वर्ष डोजर र लाठी मात्रै देखिन्छ, सरकारसँग अरु केही छैन भिजन : हर्क साम्पाङ

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । श्रम संस्कृती पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले सरकारको पछिल्लो सुकुमवासी बस्ती हटाउने अभियानप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले अबका पाँच वर्ष गरिब, निमुखा, साना व्यवसायी र सुकुमवासीले “डोजर, पुलिस, लठ्ठी, बुट, बन्दुक र जेलखाना” मात्रै देख्ने टिप्पणी गरेका हुन् ।

उनले सरकारको भिजन नै जनतामैत्री नभएको आरोप लगाए । 'अरु केही छैन भिजन,' भन्दै उनले चुनावताका आफूले यसबारे चेतावनी दिएको तर मतदाताले बेवास्ता गरेको उल्लेख गरे ।

“मैले चुनाव ताका धेरै भनेको थिएँ, तर बुझेनन्। अब परिचेत्नेछन्,” राईले लेखेका छन्।

हाल सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र बनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077