Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तिम समयमा कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

अन्तिम समयमा कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरेको छ । 

आजै संसदीय दलको नेता चयन गर्नको लागि निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अन्तिम समयमा कांग्रेसले निर्वाचन स्थगित गरेको हो ।

दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो ।जसमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल छन् ।

कांग्रेस संसदीय दलको नेता चयनमा सभापति गगनकुमार थापा र उपसभापति शर्माबीच पनि कुरा मिलेको छैन । सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अघि सारेका छन् ।

यता समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमतिमा नभए आफू संसदीय दलको नेतामा चुनाव लड्ने बताएका छन् ।

संसदीय दलको नेताको निर्वाचनबारे छलफल गर्न आजै सानेपास्थित कार्यालयमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बसेको थियो ।

तर नेताहरूबीच दलको नेता चयनको विषयमा सहमति नजुट्दा आज हुने भनिएको निर्वाचन नै स्थगित भएको हो ।

निर्वाचन समितिका एक सदस्यका अनुसार निर्वाचनको नयाँ मिति भने तोकिएको छैन ।

निर्वाचन तालिकाअनुसार आज दिउँसो ३ बजे दरखास्त दिने, दिउँसो ३:१० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, ३:२० बजे दाबी विरोध दिन सकिने, ३:२५ बजे दाबी विरोध उपर जाँचबुझ गर्ने, ३:३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने, ४:३० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने, ४:४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान साँझ ५ बजेका लागि तय गरिएको थियो । 

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा हार व्योहोरेको ३८  कांग्रेसमा प्रतिनिधिसभामा कांग्रेसका सामानुपातिक र प्रत्यक्षमा गरी ३८ सांसद छन् ।

संसदमा प्रतिनिधित्व भएका  रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।

तर प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077