Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।

निर्वाचन तालिकाअनुसार, उम्मेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४ः३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।

मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने तालिका तय गरिएको छ । प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसलाई दलको नेता टुंगो लगाउन सकस भएको छ । 

कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा छ ।

कांग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार यसअघि बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077