Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

रवि लामिछाने र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकाको सहायक विदेशमन्त्री समीर पल कपुरबीच भेटवार्ता भएको छ। उनीहरूबीच सोमबार काठमाडौंमा भेटवार्ता भएको हो। 

अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री कपुरले सामाजिक सञ्जालमार्फत उक्त भेटबारे जानकारी दिए ।

उनका अनुसार भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी का प्राथमिकता, नेपाल–अमेरिका द्विपक्षीय हित र सहकार्यका सम्भावित क्षेत्रबारे विस्तृत छलफल भएको थियो।

कपुरले नयाँ सरकारमा रास्वपाको भूमिका र प्राथमिकताबारे चासो व्यक्त गर्दै लोकतन्त्र, सुशासन र विकास साझेदारीका विषयमा आपसी समझदारी बलियो बनाउने उद्देश्यले भेटवार्ता गरिएको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077