Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको सचिवालय विस्तार, सदस्य संख्या १६ पुग्यो

रास्वपाको सचिवालय विस्तार, सदस्य संख्या १६ पुग्यो

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय विस्तार गरेको छ ।

आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले तीन जना नयाँ सदस्य थप्ने निर्णय गरेपछि सचिवालय विस्तार गरिएको हो।

यससंगै रास्वपाको सचिवालय संरचनामा १६ जना सदस्य  पुगेको छ ।  

जसअनुसार महामन्त्रीमा भुपदेव साहलाई मनोनीत गरिएको  छ । 

यसैगरी सचिवालय सदस्यहरुमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनीत गरिएको  छ । 

सभापति रवि लामिछानेले उनीहरुको नाम प्रस्ताव गरेका थिए । रास्वपा केन्द्रीय समिति बैठकले उनीहरुको नाम अनुमोदन गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तो बन्यो रास्वपा सचिवालय :


रवि लामिछाने- सभापति

स्वर्णिम वाग्ले- उप सभापति

कविन्द्र वुर्लाकोटी- महामन्त्री

भुपदेव साह- महामन्त्री

विपिन आचार्य- सहमहामन्त्री

लिमा अधिकारी- कोषाध्यक्ष

वसु माया तामाङ- सहकोषाध्यक्ष्य

मनिष झा- प्रवक्ता

गणेश पराजुली- सचिवालय सदस्य

दिपक बोहरा- सचिवालय सदस्य

बिराज भक्त श्रेष्ठ- सचिवालय सदस्य

शिशिर खनाल- सचिवालय सदस्य

सोभिता गौतम- सचिवालय सदस्य

हरि ढकाल- सचिवालय सदस्य

सागर ढकाल- सचिवालय सदस्य

सरिता श्री ज्ञवाली- सचिवालय सदस्य

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077