Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा केन्द्रीय समिति बैठक वनस्थलीमा, गृहमन्त्रीबारे के आउला निर्णय ?

रास्वपा केन्द्रीय समिति बैठक वनस्थलीमा, गृहमन्त्रीबारे के आउला निर्णय ?

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसेको । 

सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठक केहबेर अघिदेखि जारी छ । 

बैठकमा छलफलको लागि ९ एजेन्डा तय भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार संगठनात्मक, नीतिगत तथा विधानसम्बन्धी महत्त्वपूर्ण विषयहरूमा छलफल हुनेछ ।

यसैगरी बैठकमा गृहमन्त्री सुधन गुरुङको विषयमा पनि छलफल हुने जनाइएको छ । गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएको छ ।

सो प्रकरणमा आफूमाथि पार्टीको सम्भावित ‘एक्सन’ लाई लिएर गृहमन्त्री गुरुङ रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनकै निवास बुढानीलकण्ठ गएका थिए।

झन्डै २ घण्टा बुढानीलकण्ठमा बसेका गृहमन्त्री गुरुङलाई सभापति लामिछानेले सोमबार पनि पार्टीको बैठक बस्ने र आफ्नो कुरा बैठकमै राख्न सकिने जवाफ दिएका थिए ।

यद्यपी गुरुङले आफू छानबिनमा सघाउने र पार्टीको निर्णय मान्ने भनी सकेका छन् ।

यस्ता छन् बैठकका एजेन्डा

१. पार्टी गतिविधि ब्रिफिङ ।

२. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)

३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।

४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।

५. विधान संशोधन सम्बन्धमा ।

६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आव्हान सम्बन्धमा ।

७. प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।

८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।

९. विविध:

क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।

ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।

ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077