Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने भन्छन् - गृहमन्त्रीको कार्यशैलीबारे अहिल्यै मूल्याङ्कन गर्ने बेला भएको छैन

रवि लामिछाने भन्छन् - गृहमन्त्रीको कार्यशैलीबारे अहिल्यै मूल्याङ्कन गर्ने बेला भएको छैन

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुदन गुरुङको कार्यशैलीबारे तत्कालै निष्कर्षमा नपुग्ने संकेत दिएको छ।

आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले गृहमन्त्रीको काम भर्खरै सुरु भएको उल्लेख गर्दै परिणामका लागि केही समय पर्खिनुपर्ने स्पष्ट पारे।

'अहिल्यै मूल्याङ्कन गर्ने बेला भएको छैन,' उनले भने, 'काम सुरु भएको छ, नतिजा हेर्न समय दिनुपर्छ।'

पछिल्ला दिनमा गृहमन्त्री गुरुङको भूमिकालाई लिएर पार्टीभित्र र बाहिर उठिरहेका प्रश्नबारे प्रतिक्रिया दिँदै उनले रास्वपा लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पार्टी भएकाले आलोचना र जिज्ञासालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पर्ने सडक ठेकेदारहरूलाई गृहमन्त्रीले निर्देशन दिएको भन्ने विवादबारे भने लामिछानेले आफूलाई सबै प्राविधिक विवरण थाहा नभएको स्वीकार गरे।  

'केही कम्युनिकेसन भएको हुनसक्छ, तर तथ्य नबुझी निष्कर्ष निकाल्न सक्दिनँ,' उनले सावधानीपूर्वक प्रतिक्रिया दिए।

यस्तै, मन्त्रीहरूलाई नयाँ आइफोन उपहार दिइएको भन्ने चर्चालाई उनले ‘भ्रमपूर्ण’ भन्दै खण्डन गरे र यस्ता अपुष्ट विषयमा नलाग्न आग्रह गरे।

बैठकले संगठन विस्तारलाई तीव्रता दिने निर्णय गर्दै वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने तय गरेको छ। साथै, प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिने निर्णय पनि गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077