Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आइतबार रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा ?

आइतबार रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा ?

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालयको बैठक आह्वान गरेको छ । 

सभापति रवि लामिछानेले भोलि (आइतबार) दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालयको बैठक आह्वान गरेका हुन्।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आइतबार बस्ने बैठकमा ६ वटा एजेन्डा (कार्यसूची) तय भएको प्रवक्ता मनीष झाले जानकारी दिए। सभापति लामिछानेले आह्वान गरेको सचिवालय बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुनेछ।

बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल‚ महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन‚ पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा गरिने मनोनयनका विषयमा सचिवालयले निर्णय गर्नेछ।

यस्तै रास्वपाले यसपटक नयाँ प्रयोग गर्दै ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’ लाई पनि बैठकको मुख्य एजेन्डा बनाएको छ। बैठकले सांसदहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँटलगायत विषयमा पनि निर्णय गर्नेछ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077