काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक विवादको दीर्घकालीन समाधान अदालतबाट नहुने धारणा राखेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुबमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राजनीतिक विवादमा न्यायका लागि अदालत गएपनि त्यसको दीर्घकालीन समाधान नदिने धारणा राखेका हुन् ।
नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी हालैको फैसलालाई संकेत गर्दै बास्कोटाले लेखेका छन्- 'अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक नै हो। राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन। नेकपा मिल्यो, झगडा पर्यो, अदालत धाए, अदालतले निर्णय दिए पनि फेरि मिलेनन्, झर्याम्म झुरुम सिसा झैँ चकनाचुर भए ।’
साथै बास्कोटाले राजनीतिक एकता कानुनी निर्णयभन्दा पनि राजनीतिक नियतले निर्धारण गर्ने बताएका छन्