काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा आयोजित बैठकमा पाँच वटा प्रदेशका मुख्यमन्त्री सहभागी भएका थिए।
छलफलमा मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति रहेको थियो।
संघीय संरचना, समन्वय र विकासका विषयमा केन्द्र–प्रदेश सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।
यद्यपि, सबै प्रदेशको प्रतिनिधित्व भने हुन सकेन। हिक्मत कार्की मातृशोकमा रहेकाले बैठकमा सहभागी भएनन् भने कमलबहादुर शाह स्वास्थ्य उपचारका लागि विदेशमा रहेकाले अनुपस्थित रहेका थिए।