Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै मन्त्रीहरु सम्पत्ति छानबिनको दायरामा छन्, कुनै कन्जुस्याईँ हुँदैन: रवि लामिछाने

सबै मन्त्रीहरु सम्पत्ति छानबिनको दायरामा छन्, कुनै कन्जुस्याईँ हुँदैन: रवि लामिछाने

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिले बहाल रहेका सबै मन्त्रीहरुको पनि सम्पत्ति छानबिन हुने बताएका छन् ।

अहिलेका मन्त्रीहरुले बुझाएको सम्पत्ति विवरण अस्वभाविक रहेको भन्दै प्रश्न उठेपछि सभापति लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा यस्तो भनेका हुन् ।

सभापति लामिछानेले सरकारले गठन गरेको सम्पत्ति छानबिनसम्बन्धी आयोगको कार्यक्षेत्रमा आफूहरू पनि पूर्ण रूपमा समेटिएको बताएका छन् ।

उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सम्पत्ति विवरणसँगै आयस्रोतसमेत खुलाउनुपर्ने व्यवस्था रहेको दाबी गरेका छन् । साथै, आवश्यकता परेमा छानबिनका लागि आयोग गठन गरिएको भन्दै प्रक्रियागत रूपमा सबै जना यसको दायरामा पर्ने उनको भनाइ थियो ।

उनले भने- 'सम्पत्ति विवरण बुझाउँदा नै स्रोत लेखिएको कोलम हुन्छ । जहाँ बुझाइएको छ, नभए पनि हामीले छानबिन आयोग बनाइसकेका छौँ । छानबिन आयोगले अगाडिबाट छानबिन गर्छ । हामी सबै छानबिनमा परिसक्यौँ।'

उनले सबै नेताहरुको सम्पत्ति छानबिन गर्न कुनै कन्जुस्याईँ नहुने बताए ।

साथै उनले आफ्नो बैंक विवरणसमेत सार्वजनिक रहेको उल्लेख गर्दै पारदर्शिताको सवालमा कुनै अपवाद नहुने स्पष्ट पारेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077