काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक सय रुपैयाँले बढेर तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर तोलामा पाँच हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी तोलामा पाँच हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।