Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेरि तीन लाख नाघ्यो सुनको मूल्य

फेरि तीन लाख नाघ्यो सुनको मूल्य

बुधवार , बैशाख २, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

मंगलबार सुन तोलामा दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५५ रुपैयाँले बढेर तोलामा पाँच हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी तोलामा पाँच हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077