काठमाडौं । प्रतिनिधिसभाका सांसद समेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारका मन्त्रीहरुरको सुन र सम्पत्तिप्रति टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले के गर्नु त्यो सुन न खान मिल्ने ? भन्दै प्रश्न गरेका छन् ।
साम्पाङले फेसबुकमा लेखेका छन्–‘गरीब जनतासँग तरकारीमा लाउने लसुन छैन ! नेताहरुसँग सुन नै सुन ! के गर्नु हौ त्यो सुन ? न खान मिल्ने !’
बालेन शाह नेतृत्वको सरकारमा रहेको मन्त्रीहरुले हिजो सम्पत्ति विवरण सार्वजनि गरेका थिए । सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरुको २० तोला भन्दा बढी सुन रहेको सम्पत्ति विवरण देखाइएको छ ।