काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुन तोलामा २०० रुपैयाँले बढेर तोलाको दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसअघिको कारोबार दिन शुक्रबार दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
शुक्रबार चार हजार ९६० मा किनबेच भएको थियो ।