Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महासचिवको उद्घोष- २०८२ को पीडालाई २०८३ को सफलताले धोइपखाली गर्नेछौँ

एमाले महासचिवको उद्घोष- २०८२ को पीडालाई २०८३ को सफलताले धोइपखाली गर्नेछौँ

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । नेकपा एमालेले २०८३ साललाई पार्टी पुनर्जागरण र पुनर्गठनको वर्षका रुपमा मनाउने भएको छ। 

शनिबार एमाले सम्पर्क विशेष सङ्गठन कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव शंकर पोखरेलले आउँदो वर्षलाई पार्टी पुनर्जागरण र पुनर्गठनको वर्षका रुपमा मनाउने घोषणा गरेका हुन्।

निर्वाचनमा पराजयपछि निराश बनेका कार्यकर्तालाई उत्साहित बनाउँदै उनले २०६४ सालमा एमाले सकियो भन्ने चर्चा भए पनि २०७० मा पार्टीले बलियो पुनरागमन गरेको स्मरण गराए ।

‘हामी यो निराशालाई संकल्पमा बदल्नेछौँ, संकल्पलाई आशामा बदल्नेछौँ। ८२ को पीडालाई ८३ को सफलताले धोइपखाली गर्नेछौँ । ‘२०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन देखेका थिए, इतिहास फेरि दोहोरिनेछ,’ पोखरेलले भने। 

निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्तालाई ऊर्जा भर्न पुनर्जागरण र पुनर्गठन वर्षका रुपमा मनाउन लागेको उनको भनाइ थियो।

साथै पोखरेलले पार्टी फेरि खरानीको थुप्रोबाट उठेर निर्णायक शक्ति बन्ने दाबी गर्दै अब ‘मिसन ग्रासरुट’ मार्फत जनताको घरदैलोमा पुग्ने बताए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077