Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली नागरिकता प्रकरण: कलंकीबाट बाबुनन पक्राउ, रौतहट पठाइयो

नक्कली नागरिकता प्रकरण: कलंकीबाट बाबुनन पक्राउ, रौतहट पठाइयो

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । नक्कली नागरिकता सम्बन्धी कसुरमा प्रहरीको विशेष टोलीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाबुनन चौधरी कलवार रहेका छन्।

जिल्ला अदालत रौतहटबाट जारी पक्राउ पूर्जीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रौतहट पठाइएको बताइएको छ ।

प्रहरीका अनुसार चौधरीले भारतको बिहारमा जग्गाधनी पूर्जा हुँदाहुँदै नेपालमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट झुटा विवरण पेश गरी नागरिकता लिएको आरोप लागेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077