Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेश्मिका हत्या प्रकरण : उच्च अदालतको आदेशपछि थप तीनजना पक्राउ

रेश्मिका हत्या प्रकरण : उच्च अदालतको आदेशपछि थप तीनजना पक्राउ

बुधवार , जेठ १३, २०८३

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीन युवा मंगलबार पक्राउ परेका छन् ।
    
पक्राउ पर्नेमा चुइचुम्मा –४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन् । भदौ ३० गते राति रेश्मिका मृतावस्था फेला परेकी थिइन् । 

घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत ओखलढुंगाको आदेशका आधारमा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । 

यसअघि रेश्मिका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई पक्राउ गरेर जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

परिवारका सदस्यले थप तीनजनाको नाम उल्लेख गरेर उच्च अदालत ओखलढुंगामा किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा अदालतले घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077